काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हालसम्म हान्ता भाइरसको कुनै सामुदायिक संक्रमण वा प्रकोपको अवस्था नरहेको स्पष्ट गरेको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएका हान्ता भाइरस सम्बन्धी अपुष्ट तथा भ्रामक सूचनामा कुनै सत्यता छैन। हालसम्म देशभित्र यस भाइरसको सामुदायिक संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनले पनि अन्तर्राष्ट्रिय रूपमा निगरानीमा रहेका हान्ता भाइरस सम्बन्धी घटनाको अवस्था नियन्त्रणमा रहेको र सार्वजनिक स्वास्थ्यका लागि हाल कुनै उल्लेखनीय जोखिम नरहेको जानकारी दिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारीका लागि केवल आधिकारिक निकाय तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, अपुष्ट सूचना, अफवाह वा भ्रामक सामग्री सिर्जना तथा प्रसार नगर्न सबैलाई अपिल समेत गरेको छ।