काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा हालसम्म १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार हालसम्म घाइतेहरू ६१४ जना रहेका छन्।

“मृत्यु भएका व्यक्तिको विवरण संकलन भइरहेको छ, विवरण यकिन भएपछि उपलब्ध गराउँछौं,” अधिकारीले भने। घाइतेहरू सुरक्षाकर्मी बढी छन्। जेन-जी आन्दोलनमा ३१४ जना सुरक्षाकर्मी घाइते रहेको अधिकारीले बताए। प्रदर्शनकारीतर्फ २९९ र एक जना पत्रकार घाइते रहेको अधिकारीले बताए।

घाइतेहरूको सिभिल, एभरेष्ट, ट्रमा, केएमसी, टिचिङ, वीर अस्पतालमा उपचार भइरहेको छ। सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेन-जी समूहले सोमबार काठमाडौंमा प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा संसद भवनमा तोडफोड र आगजनी सुरू भएपछि प्रहरीले गोली चलाएको थियो।