काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जिल्ला प्रशासन कार्यालय झापाले दमक नगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गर्ने–नगर्ने विषयमा बैठक बसेको छ।

सोमबार रााति १० बजेदेखि मंगलबार बिहान ५ बजेसम्म प्रशासनले कर्फ्यू लगाएको थियो।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहान ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि दमक क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन्।

कर्फ्यू आदेश जारी भएका क्षेत्रमा पूर्वमा रतुवा पुल, पश्चिममा डिपो रोड, उत्तरमा फाल्गुनन्न चोक र दक्षिणमा पूर्वपश्चिम राजमार्गबाट तीन किलोमिटर क्षेत्र रहेको अधिकारीले बताएका छन्।

राजधानीसहित देशैभरि जेन-जी समूहले गरेको आन्दोलनका कारण स्थिति असामान्य छ। जेन-जी समूहको आन्दोलनमा प्रहरीले गोली चलाउँदा हालसम्म १९ जनाको मृत्यु र तीन सयभन्दा बढी व्यक्ति घाइते छन्।

जेन-जी समूहको आन्दोलनका क्रममा सोमबार दमक नगरपालिका भवनमा तोडफोड र आगजनी भएको थियो।