काठमाडौं। जेन-जी आन्दोलनले देशैभरि तनाव सिर्जना भएपछि नेपाली सेनाका अधिकारी छलफलमा जुटेका छन्।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार जंगी अड्डडा सैनिक अधिकारीहरूको बैठक चलिरहेको छ।
“पछिल्ला घटनाक्रमका विषयमा बैठक भइरहेको छ, बैठक सकिएपछि सेनाको धारणा आउन सक्छ,” बस्नेतले भने।
सोमबार सुरू भएको जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर देशभरि १९ जनाको मृत्यु भएको छ, सयौं घाइते छन्।
दोस्रो दिन कर्फ्यू उल्लंघन गर्दै जेन-जी समूह तोडफोड र नेताहरूको घरमा आगजनी गरिरहेको छ।