काठमाडौं। सत्तासाझेदार दल नेपाली कांग्रेसको कार्यालय तोडफोड भएको छ। जेनजी प्रदर्शनकारीले ललितपुरको सानेपा स्थित पार्टी कार्यालय तोडफोड गरेका हुन्।
प्रहरी प्रशासनका अनुसार कार्यालयमा रहेको एक थान वाइक जलाउनुका साथै कार्यालयमा रहेको मुख्य सचिवको कम्प्युटर लगायत सामाग्री तोडफोड गरिएको छ।
अहिले त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारी उपस्थित रहेका छन्