काठमाडौँ। कर्फ्यू आदेश जडिबुटीदेखी अरनिको राजमार्ग दुई सय वरपर, पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म छ।
यस्तै, कोशलटारदेखि बालकोट चोक हुँदै रोजभिलेजदेखि चारदोबाटोसम्म कर्फ्यू जारी गरिएको घिमिरेले बताए। कर्फ्यू, राधेराधे चोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियनमैत्री नगरअस्पाल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म कर्फ्यू छ।
यसैगरी, च्यामासिंह, ताथली हुँदै नाला काभ्रेको सिमानासम्म, दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ कलेजसम्म र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ।