काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाल प्रहरीले जेन–जी प्रदर्शनमा दमन गर्दै १९ जनाको ज्यान लिएपछि नेपाली राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवालले अब विभागीय टोलीबाट नखेल्ने घोषणा गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमा उनले अब त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफका कुनै पनि प्रतियोगितामा नखल्ने र यी टोलीबाट प्रतिनिधित्व नगर्ने घोषणा गरेकी हुन्। उनले यसअघि आर्मी र एफीएफबाट खेलिसकेकी छन्।

उनले लेखेकी छिन्, ‘म अब कहिल्यै पनि (प्रशिक्षक वा व्यवस्थापकको हैसियतमा समेत) आर्मी, नेपाल प्रहरी र एपीएफका कुनै पनि प्रतियोगितामा खेल्ने वा प्रतिनिधित्व गर्नेछैन।’

उनले सबै नेपाली खेलाडीहरूलाई यस अभियानमा अगाडि आउन आग्रह गरेकी छन्। उनी लेख्छिन्,‘यदि तपाईंहरूले पैसा पाउनुहुन्न भने किन उनीहरूको लागि प्रतिनिधित्व गर्ने? अधिकांश खेलाडीहरूले कुनै सुविधा पाएका छैनन्।

छनोट प्रक्रिया पार नगर्न केही खेलाडीले विभागका नाममा खेलेका छन्। तर तपाईं राम्रो खेल्नुहुन्छ भने छनोट प्रक्रिया त अभ्यास खेल मात्र हो।’

उनले आफू जिल्ला, नगरपालिका वा प्रदेशको प्रतिनिधित्व गर्ने बताएकी छन्।