काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

२४ भाद्र २०८२
अ+
अ-

रुपन्देही। रुपन्देही जिल्लाभर निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान सूचना जारी गर्दै बिहान साढे ९ बजेबाट निषेधाज्ञा जारी भएकाे जनाएकाे हाे।

जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आज विहान ९.३० बजेदेखि अर्को आदेश नभए सम्मको लागि निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधकारी डा टाेकराज पाण्डेले जानकारी दिए।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको सुचनामा उल्लेख छ ।