काठमाडौँ। नेकपा एमाले सचिव गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै विष्टले भदौ २३ गते भएको घटनाको नौतिक जिम्मेवारी सरकारले लिनु पर्ने बताइका छन्। उनले भनेका छन्, “यो विषम परिस्थितिमा शान्तिपूर्ण ढंगले निकास खोज्नका लागि प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दछु । “
उनले हिजो भएको जेन-जीक प्रदर्शनमा १९ जना युवाको ज्यान जाने र सैयौं घाइते हुने गरि भएको घटना बर्बर दमन निन्दनीय र दुखत भएको बताएका छन् ।