काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। संयुक्त राष्ट्रसंघ (यूएन)ले नेपालमा जारी आन्दोलन शान्तिपूर्णरूपमा समाधान गर्न आह्वान गरेको छ। नेपालस्थित यूएन कार्यालयले आज जारी विज्ञप्तिमा युवाहरूका माग संवादमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरेको छ।

यूएनले आन्दोलनका क्रममा भएको अत्यधिक शक्ति प्रयोगबारे स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ। प्रदर्शनकारीलाई हिंसाबाट टाढा रहन र शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा सुरक्षाकर्मीहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप संयमता र सन्तुलन अपनाउन भनिएको छ।

यूएनले नागरिकका चिन्ता, विशेषगरी युवाको आवाज, संवादमार्फत सम्बोधन गर्नुपर्ने र समस्याका मूल कारण समाधान गरेर नेपाल समृद्ध भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।