काठमाडौं। नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गर्दैछ।
प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रम सार्वजनिक गरेको थियो।
एमालेले कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको थियो ।
अब जिल्ला तहमा कात्तिक २९ गते हुनेछ भने काठमाडौंमा मंसिर ६ गते व्यापक जनप्रदर्शन गर्ने एमालेले बताएको छ।