काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

१ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको संस्थापन पक्षबाट उपाध्यक्षका उम्मेदवार बनाइएका प्रदीप ज्ञवालीको ठाउँमा रघुजी पन्तलाई अघि सारिएको छ।

ज्ञवालीले महासचिवमा इच्छा जनाएका थिए। उपाध्यक्ष नबन्ने भन्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका ज्ञवालीको ठाउँमा पन्तलाई अघि सारिएको हो। पन्त अहिले संस्थापन (केपी ओली) पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बनेका छन्।

उपाध्यक्षको आकांक्षी रहेका पन्तलाई यसअघि ओली प्यानलमा केन्द्रीय सदस्य मात्रै राखिएको थियो। त्यसबाट असन्तुष्ट भएर उनले उपाध्यक्षमा स्वेच्छिक उम्मेदवारी दिएका थिए। ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पन्तलाई ओली समूहबाट उपाध्यक्षमा अघि बढाइएको हो।