काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलबाट सात चिनियाँलाई पक्राउ गरेको छ।
ठमेलको ज्याठास्थित चिनियाँ लिउ पानले सञ्चालन गरेको लिउ पान होटेल एन्ड रेस्टुरेन्टमा छापा हानेर सीआईबीले सात जनालाई मंगलबार पक्राउ गरेको हो।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उनीहरूले कल बाइपासको अपराधमा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको हो।
