दाङ। दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका ४‚ बैँबाङका २५ वर्षीय रोशन चौधरीको मृत्यु भएको हो।
चौधरी गत २८ मंसिरमा ब्राउनसुगरसहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए। ५.१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनीविरुद्ध मुद्दा चलिरहेको थियो।
बिहान एक्कासि बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।