काठमाडौँ। भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापति पदमा फरमुल्लाह मन्सुरलाई चयन गरेको छ।
नेता अजयबाबु शिवाकोटीका अनुसार कांग्रेसका दुई उपसभापतिमध्ये मन्सुरको नाम टुंगो लागेको हो। अर्को उपसभापतिका लागि छलफल भइरहेको छ। नेता गगनकुमार थापाले उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको पनि शिवाकोटीको भनाइ छ।
कांग्रेसको १४औँ महाधिवेशनबाट मन्सुर सह-महामन्त्री निर्वाचित भएका थिए।
यो पनि…