काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ माघ २०८२
अ+
अ-

काठमाडौँ। मोफसलको लालीगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिगमा सुखद सुरुआत गर्दा सातदोबाटो युथ क्लब र संकटा क्लबले भने निराशाजनक बराबरी खेले।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न दोस्रो खेलमा पोखराको क्लबले ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथलाई १-० ले पराजित गरेको हो। अर्को खेलमा भने सातदोबाटो र संकटाले गोल गर्न सकेनन्। योसँगै लालीगुराँसले तीन अंक बटुल्दा सातदोबाटो र संकटाले समान एक अंक बाँडे।

खेलको सुरुआती दोस्रो मिनेटमै लछु थापाले हानेको फ्रिकिकलाई राज भुसालले गोलमा परिणत गरेका थिए। यही नै खेलको निर्णायक गोल बन्यो। दिनको पहिलो खेलमा भने सातदोबाटो र संकटाले केही अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन्।