काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

३ माघ २०८२
अ+
अ-

रुपन्देही। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले सभ्यता‚ संस्कृति र संस्कारमा नेपाल विश्वमै धनी देश भएको बताएका छन्।

भैरहवामा शनिबार आयोजित प्रबुद्ध नागरिक गोष्ठी-२०८२ मा उनले संस्कारविनाको विकास टिकाउ हुन नसक्ने दाबी गरे।

पूर्वप्रधानन्यायाधीश पराजुलीले अनेक लोभ‚ प्रलोभन‚ अनुचित व्यवहारमा पारेर धर्मान्तर र धर्म परिवर्तन गराउनु ठुलो अपराध भएको उल्लेख गर्दै त्यस्तो कार्यमा लाग्ने व्यक्तिलाई कडा कारबाही गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कल्याणकुमार तिम्सिना‚ मुक्तिनाथधाम नयाँगाउँका पीठाधीश लोकानन्द सरस्वतीजी महाराज‚ हिन्दु स्वयंसेवक संघ‚ नेपालका राष्ट्रिय कार्यकारिणी सदस्य राजकुमार गुरुङलगायतले आफ्नो धारणा राखेका थिए।