खिचिक्क
तामाङ समुदायले परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ मनाए ल्होसार
काठमाडौँ। आज सोनाम ल्होसार। यो पर्व तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्छन्।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
‘ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ। यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्।
नेपालको उच्च पहाडी र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायलगायत उत्तर छिमेकी मुलुक चीनसहितका बौद्धमार्गी बसोबास गर्ने क्षेत्रमा पनि आजको दिनलाई हर्ष-बढाई गर्दै नयाँ वर्ष मनाउने गरिन्छ।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
