काठमाडौँ। कांग्रेस सभापति गगन थापाले निर्वाचन क्षेत्र बदलेका छन्। थापा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उठ्ने भएका हुन्।
१३ सदस्यीय उम्मेदवार छनोट संसदीय बोर्डले मंगलबार बिहान थापाको उम्मेदवारी टुंगो लगाएको प्रवक्ता देवराज चालिसेले बताए। प्रवक्ता चालिसेका अनुसार काठमाडौँ उपत्यकासहित केही जिल्लाको उम्मेदवारी टुंगो लगाउने क्रम जारी छ।
सभापति थापा काठमाडौँ क्षेत्र नम्बर ४ बाट चुनाव उठ्दै आएका थिए। उनी २०७० सालयता लगातार उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए।
हालसम्म ६५ जिल्लाको उम्मेदवारी टुंग्याइएको चालिसेले बताए।