काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

१० माघ २०८२
अ+
अ-

काठमाडौँ। न्युजिल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ।

शुक्रबार रायपुरमा सम्पन्न दोस्रो टी–२० अन्तर्राष्ट्रियमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै शृंखलामा २–० को बलियो अग्रता बनाएको हो।

भारतले २०९ रनको लक्ष्य मात्र १५.२ ओभरमा पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्ना लागि संयुक्त रूपमा सबैभन्दा सफल रन चेज पनि दर्ता गर्‍यो।

उसका इशान किशनले ७६ र सूर्यकुमार यादवले अविजित ८२ रन बनाए । त्यस्तै शिवम दुबेले ३६ रन जोडे ।

त्यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । उसका रचिन रवीन्द्रले ४४ रन र मिचेल स्यान्टनरले अविजित ४७ रन बनाए।

पाँच खेलको शृङ्खला भारत २–० ले अगाडि छ। पहिलो खेल भारतले ४८ रनले जितेको थियो। तेस्रो टी–२० खेल भोलि गुवाहाटीमा हुनेछ।