काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

११ माघ २०८२
रेशमलाल चौधरी। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले रेशमलाल चौधरीको निर्वाचन आयोगले गरेको निर्णय यथावत् रहनेगरी कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले १५ माघका दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण देखाऊ आदेश जारी गरेको हो। योसँग अब उनले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले कैलाली १ बाट उम्मेदवारी दर्ता गराएका थिए। टीकापुर १‚ कैलालीका सत्यनारायण भट्टराईले चौधरीविरुद्ध उम्मेदवारी दर्ता खारेजको उजुरी गराएका थिए।

उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थिए। आफ्नो उम्मेदवारी खारेजीविरुद्ध चौधरीले आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।