काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

१५ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसांसदहरूको सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण बिहीबारका लागि तय गरिएको भेटघाट कार्यक्रम स्थगित गरिएको हो।

नेपाली कांग्रेसले सूचना जारी गर्दै ‘विशेष कारण’ले डेलिगेसन टोलीको सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

सूचनामा भनिएको छ, “डेलिगेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको ब्यहोरा जानकारी गराइन्छ।”

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीश राउतको सचिवालयले फोनमार्फत आजका लागि तय भएको भेटघाट तत्कालका लागि स्थगित भएको जानकारी गराएको हो।

यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम तय भएको थियो। कांग्रेसका ६५ जना पूर्वसांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्। तर हालसम्म ती रिटहरूमा सुनुवाइ सुरु भएको छैन।