काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

१६ माघ २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह-आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता २२ माघदेखि हुने भएको छ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति संयोजकसमेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौँ विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक गोकुल केसीले एक कार्यक्रमबीच सम्झौतापत्र आदान-प्रदान गरे।

प्रतियोगितामा पाँच खेलको स्पर्धा हुनेछ। टेबलटेनिसमा चार‚ ब्याडमिन्टनमा चार‚ बास्केटबलमा दुई‚ एथलेटिक्समा ६ र भलिबलमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुने समिति सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन्।

भलिबलमा छात्रको मात्र खेल हुनेछ। शर्माका अनुसार प्रतियोगतामा २७९ खेलाडी सहभागी हुनेछन्। दुईदिने प्रतियोगिताका खेल धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको हातामा खेलाइनेछ।