काठमाडौं। आज २०८२ साल माघ २२ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।
बृष: आफन्त तथा जीवन साथीसँग मनमुटाव सिर्जना हुने सम्भावना रहेकोछ, ध्यान दिनुहोला । अध्ययनमा मन जानेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा तय हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । सामाजिक क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने समय उत्तम रहेकोछ ।
मिथुन: प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनाले मन प्रशन्न हुनेछ ।
कर्कट: शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विषेश चासो बढ्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ ।
सिंह: राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलिक बढि नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ। सवारी साधनको खरिद बिक्रीबाट आम्दानी बढ्नेछ ।
कन्या: आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजबुद पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । छोटो तथा रमालो यात्राको तय हुनेछ ।
तुला: गीत संगीत तथा मनोरञ्जन जस्ता क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पुँजीबजारको लगानीबाट नाफा कमाउन सकिनेछ ।
बृश्चिक: नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । यात्राको योग रहेकोछ ।
धनु: बिहानको समय उत्तम रहेकाले बित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । मध्यान्हबाट साथीभाइ तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ ।
मकर: कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ: व्यापारबाट आम्दानी हुनेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारिको शिलशिलामा नयाँ गन्तब्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ ।
मीन: धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा शरहका मानिसबाट विषेश सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ । । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।