२४ माघ २०८२
अ+
अ-

काठमाडौँ। बलात्कार गरेको अभियोगमा पूर्वप्रहरी जवान भूपेन्द्रसिंह ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।

पीडित महिला सुर्खेतकी भएकाले आरोपित ठगुन्नालाई काठमाडौँबाट सुर्खेत लगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

आफूलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै न्यायका लागि तीन महिनादेखि संघर्षरत सुर्खेतकी ती महिला सिंहदरबारमा पनि धर्नामा बसेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डीएसपी) मोहनज‌ंग बुढथापाका अनुसार ठगुन्नालाई काठमाडौँ प्रहरीको समन्वयमा शुक्रबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी सुर्खेत लगिएको हो।