काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

२५ माघ २०८२
कांग्रेस पार्टी कार्यालय। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले निर्वाचन परिचालन निर्देशिका ०८२ पारित गरेको छ।

आइतबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिका पारित गरेको हो।

निर्देशिकामा ‘फागुन २१ कालागि मेरो २१ दिन’  भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ। उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ।

त्यो  नीति अन्तर्गत पार्टीका सबै नेता कार्यकर्ता चुनावको मैदानमा खटिनुपर्नेछ।

बैठकले केन्द्रीय अुनशासन समिति गठन गर्ने निर्णय पनि गरेको छ। तर अनुशासन समिति गठन गर्ने निर्णय भएपनि समितिको संयोजक र सदस्यरूको नाम भने टुंगिएको छैन।