सेयरबजार
सुपरमाई हाइड्रोपावरको कारोबार सबैभन्दा धेरै
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १०.२५ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.३७ प्रतिशतले घटेको नेप्से २‚६९८.४४ अंकमा अडिएको छ।
सेन्सिटिभ इन्डेक्स पनि ०.८५ अंकले घटेर ४५९.६३ विन्दुमा ओर्लिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.१८ प्रतिशतले घटेको हो। नेप्सेमा आइतबार ३३० कम्पनीको एक लाख ११ हजार ९७८ पटकको कारोबारमा दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच भए। जसमा आइतबार ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आइतबार १३ समूहको कारोबार भएकामा लगानी र अन्य समूहका सूचक मात्र बढे। बाँकी ११ समूहका सूचक राताम्मे बने।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.१४‚ विकास बैंक ०.९२‚ फाइनान्स ०.०१‚ होटेल तथा पर्यटन ०.१३‚ जलविद्युत् समूह ०.३१ प्रतिशतले घट्दा लगानी समूह भने ०.०८ प्रतिशतले बढ्यो।
यस्तै जीवन बिमा ०.७१‚ उत्पादन तथा प्रशोधन समूह १.१५‚ लघुवित्त समूह ०.२१‚ म्युचुअल फन्ड ०.६१‚ निर्जीवन बिमा समूह ०.३२ प्रतिशतले घट्यो। अन्य समूह ०.४६ प्रतिशतले बढ्यो भने व्यापार समूह १.३० प्रतिशतले ओरालो लाग्यो।
नेप्सेमा आइतबार ८५ कम्पनीको मूल्य बढ्दा १६८ कम्पनीको घट्यो। सात कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा आइतबार सुपरमाई हाइड्रोपावर लिमिटेडका सेयरलगानीकर्ताले १० प्रतिशतले कमाए। अर्थात् ‘पोजेटिभ सर्किट’ लाग्यो।
यस्तै सबैभन्दा बढी कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ८.९१ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ९८२ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै कारोबार हुनेमा सुपरमाई हाइड्रोपावर लिमिटेड रह्यो। आइबार यसको ५६ करोड तीन लाख ४८ हजार १५५ रुपैयाँको कारोबार भएको छ। सुपरमाईको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ कायम रह्यो।