सेयरबजार
२६.०५ अंकले घटेको नेप्सेमा पौने ११ अर्बको कारोबार
काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से २६.०५ अंकले घटेको छ।
नेप्से आइतबार १०.२५ अंकले घटेको थियो। नेप्से आइतबारको तुलनामा ०.९६ प्रतिशतले ओरालो लागेको हो। योसँगै नेप्से २‚६७२.३९ अंकमा अडिएको छ।
सेन्सिटिभ इन्डेक्स पनि ४.०२ अंकले घटेर ४५५.६५ विन्दुमा ओर्लिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.८७ प्रतिशतले घटेको हो। नेप्सेमा सोमबार ३२४ कम्पनीको एक लाख दुई हजार २८१ पटकको कारोबारमा दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच भए। जसमा सोमबार १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँबराबरको कारोबार भयो। आइतबार भने ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको थियो।
रिडी पावर कम्पनीको कारोबार सबैभन्दा धेरै
नेप्सेमा सोमबार १३ समूहको कारोबार भएकामा लगानी समूहको सूचक मात्र बढ्यो। बाँकी १२ समूहका सूचक राताम्मे बने।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.७७‚ विकास बैंक १.३७‚ फाइनान्स २.२९‚ होटेल तथा पर्यटन १.३९‚ जलविद्युत् ०.५४‚ लगानी ०.९१ प्रतिशतले घट्यो।
यसैगरी जीवन बिमा १.००‚ उत्पादन तथा प्रशोधन समूह १.२३‚ लघुवित्त समूह ०.६१‚ म्युचुअल फन्ड ०.४७‚ निर्जीवन बिमा समूह १.४१ र अन्य समूह १.९६ प्रतिशतले घट्यो। सोमबार व्यापार समूह मात्र ०.२२ प्रतिशतले उकालो लाग्यो।

नेप्सेमा आइतबार ४२ कम्पनीको मूल्य बढ्दा २१२ कम्पनीको घट्यो। ६ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा सोमबार सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए। खानीखोलाको अन्तिम कारोबार मूल्य ३०४ रुपैयाँ कायम रह्यो।
यस्तै सबैभन्दा बढी मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.४० प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ३३१ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै कारोबार हुनेमा रिडीपावर कम्पनी लिमिटेड रह्यो। सोमबार यसको ७७ करोड १९ लाख १८ हजार ६८५ रुपैयाँको कारोबार भएको छ। रिडीपावरको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३१६ रुपैयाँ कायम रह्यो।