काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ।
पहिला ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। साहिबजादा फरहानले ७३ रनको उत्कृष्ट इनिङ्स खेले भने बाबर आजमले ४६ र सादाब खानले ३० रन जोडे। अमेरिकाका श्याड्ली भान शाल्कवाइकले चार विकेट लिए।
१९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। शायन जायागिरले ४९ र शुभम रञ्जानेले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पाकिस्तानका उस्मान तारिकले तीन विकेट लिए।
यो जितसँगै पाकिस्तान चार अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ।




