काठमाडौँ। आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत दोस्रो खेलमा नेपाल १२३ रनमै समेटिएको छ।
मुम्बईमा रहेको वानखेडे रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल १९.३ ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा समेटियो।
नेपालका आरिफ सेखले २७ रन‚ कप्तान रोहित पौडेलले १४‚ आसिफ सेखले २० र दीपेन्द्रसिंह ऐरीले १७ रनको योगदान गरे। अविजित करण केसीले १८ रन मात्र जोड्न सके।
ओपनर कुशल भुर्तेल ५‚ लोकेश बम ३, गुलसन झा ३ र नन्दन यादव शून्यमै पभेलियन फर्किए। सन्दीप लामिछानेको खातामा ५ रन रह्यो।
इटालीका क्रिसान कलुगामागे ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बेन मानेन्तीले ४ ओभरमा ९ रन दिँदै २ विकेट लिए। यस्तै अली हसन, जेजे स्मट्स र जसप्रित सिंहको पोल्टामा समान १-१ विकेट रह्यो।
यो पनि…