काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
तस्बिर : नेपाल फोटो लाईब्रेरी
अ+
अ-

काठमाडौँ। आईसीसी पुरुष २०-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले इटालीविरुद्धको खेलमा नेपालले  ब्याटिङ सुरु गरेको छ।

भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा इटालीले टस जितेर बलिङ रोजेको छ। योसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

विश्वकपमा नेपाल र इटालीले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमा नेपाल इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग  ण्डसँग ७३ रनले पराजित भएको थियो ।

दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्वकपको समूह सी मा रहेका नेपाल र इटली मात्र अङ्कविहीन रहेका हुन्। यस समूहमा चार अङ्कका साथ वेस्ट इण्डिज शीर्ष तथा समान दुई अङ्क भएका स्कटल्याण्ड र इङ्ग्ल्याण्ड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।

सुपर आठको सम्भावना कायमै राख्न दुवै टोलीका लागि यस खेलमा जित महत्त्वपूर्ण मानिएको छ। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुलसनकुमार झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन्।

त्यस्तै इटालीको प्लेइङ ११ मा एन्थोनी मोस्का, जस्टिन मोस्का, जे जे स्मट्स, ह्यारी मानेन्टी, बेन्जामिन मानेन्टी, मार्कस क्याम्पोपियानो, ग्रान्ट स्टुवर्ट, जियान–पिएरो मीड, जसप्रीत सिंह, क्रिशान कालुगामागे र अली हसन छन्।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका नेपाल र इटलीबीचको खेलका थप तस्बिर :