दैलेख। दैलेखको दुल्लु नगरपालिका ४‚ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ। फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो।
दुल्लु अस्पतालनजिकै भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुल्लु १०‚ गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ। तीनै जनाबीच विवाद भएपछि खनालको मृ्त्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सख्त घाइते खनालको दुल्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि फरार भएका दुवै जनालाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढाको चामुण्डाको जङ्गलबाट नियन्त्रणमा लिएको हो।