गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह आज साँझ ६:०० बजे गोरखा बजार पुग्ने कार्यक्रम तय भएको छ।
पार्टी स्रोतका अनुसार उनी नुवाकोट र धादिङ हुँदै गोर्खाको आरुघाट मार्ग प्रयोग गरी गोरखा बजार प्रवेश गर्ने कार्यक्रम रहेको छ। निर्धारित तालिकाअनुसार साँझ ६ बजेपछि स्थानीय नागरिक तथा पार्टी कार्यकर्तासँग भेटघाट तथा संक्षिप्त संवाद कार्यक्रम सञ्चालन गरिनेछ।
भेटघाट कार्यक्रम गोरखा बजारको मुख्य क्षेत्रमा आयोजना गरिने जनाइएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू तथा पार्टी समर्थकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
यस भ्रमणलाई आगामी राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ। साथै, स्थानीय स्तरमा पार्टी संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारका लागि यो कार्यक्रम महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।