काठमाडौँ। नेपालमाथि सहज जित हात पार्दै वेस्ट इन्डिज आईसीसी टी-२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ। आइतबार सम्पन्न खेलमा वेस्ट इन्डिज ९ विकेटले विजयी भएको हो।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
योसँगै नेपाल भने अघिल्लो चरणको दौडबाट बाहिरिएको छ। अपराजित रहेको वेस्ट इन्डिजले समूह ‘सी’मा ३ खेलबाट ६ अंक जोड्यो।
नेपाल भने जितविहीन रह्यो। वेस्ट इन्डिजका कप्तादन शाई होपले अविजित रहँदै सर्वाधिक ६१ रन बनाए। ४४ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।
सिम्रन हेटमायरले ३२ बलमा ४ चौका र २ छक्कासहित अविजित ४६ रनको योगदान दिए। ब्रान्डन किङले २२ रन बनाए। नेपालका नन्दन यादवले एक विकेट लिए।
यो पनि…
टी-ट्वेन्टी विश्वकप : नेपालको तेस्रो हार‚ वेस्ट इन्डिज ९ विकेटले विजयी