चितवन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भएको बताएका छन्।
भरतपुर महानगरपालिका १० चौबिसकोठीमा मंगलबार आयोजित चुनावी सभामा उनले अब आममतदाताले काम गर्नेलाई चिन्नुपर्नेमा जोड दिए।
काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयसहित आफ्नो पार्टीको उदय भएको बताउँदै अध्यक्ष घिसिङले आफ्नो अभियानमा साथ दिन आग्रह गरे। उनले भने, “हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ। यसमा जनताले साथ दिनुपर्यो।”