काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

बिहीबार (७ फागुन) काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष ओलीले लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली : राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ। विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ।

घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ संकल्प समेटिएका छन्। अध्यक्ष ओलीले भत्काउने र जलाउने नभई बनाउने संकल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गरे । उनले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट गर्दै आफूहरु कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने बताए।

प्रतिनिधिसभा निर्वाचन यही २१ फागुनमा हुँदै छ।

हेर्नुहोस् पूर्ण पाठ :