काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१० फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। स्पेनिस ला लिग अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ।

रियललाई ओसासुनाले २–१ गोल अन्तरले पराजित गरेको हो। रियलका लागि ओसासुनाका एन्टे बुदिमिर भारी भए।

उनले खेलको खेलको ३८ औं मिनेटमा गोल गर्दै अग्रता लिएका थिए। दोस्रो र निर्णायक गोल उनले खेलको अन्तिम ९० मिनेटमा गरेका हुन्।

रियलका लागि खेलको ७३ औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन। शनिबारको खेलमा उसका अन्य स्टार खेलाडी चल्न सकेनन्। ९० औं मिनेटमा सम्हालिन नसक्दा रियल पराजित भएको हो।