काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। भारत ‘ए’ ले महिला एसिया कप राइजिङ स्टार्स २०२६ को अन्तिम खेल जितेको छ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा बाङ्लादेश ‘ए’ लाई ४६ रनले पराजित गर्दै भारतीय टिमले उपाधि चुम्यो।

पहिले ब्याटिङ गर्दै भारत ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। भारतका लागि तेजलले सर्वाधिक ३४ बलमा ५१ रन बनाएकी थिइन्।

जितका लागि १३५ रनको लक्ष्य पछ्याएको बाङ्लादेश १९.१ ओभरमा ८८ रनमै समेटियो। बाङ्लादेश ‘ए’ का लागि शमिमा सुल्तानाले १६ बलमा २० रन बनाएकी थिइन्।

भारतले यो प्रतियोगिताको उपाधि दोस्रोपटक उचालेको हो। महिला एसिया कप राइजिङ स्टार्सको पहिलो सिजन २०२३ मा हङकङमा आयोजना भएको थियो। भारत ‘ए’ ले बाङ्लादेश ‘ए’ लाई ३१ रनले पराजित गर्दै उपाधि जितेको थियो।