काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार ३०० रुपैयाँले बढेर ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोलामा ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। यससँगै चाँदीको मूल्य तोलामा ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।