काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

१४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ।

कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रथ्नायकेले १० रन बनाए ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडन राख्दै ३ रन मात्र दिएर २ विकेट लिए । कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट थपे।

न्युजिल्यान्डले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो। श्रीलङ्काको लागि कामिन्डु मेन्डिसले सर्वाधिक ३१ रन बनाए।

उनले २३ बलमा ४ चौका प्रहार गरे। ओपनर ब्याटर कुसल मेन्डिसले ११, पावन रथनायकेले १० रन बनाउँदा दुनीथ बेल्लालागेले २९ रन बनाए। त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। जसको फलस्वरूप श्रीलंका १०७ मा नै रोकियो।

श्रीलंकाका लागि महीश थिक्साना र दुश्मान्था चमीराले ३-३ तथा दुनिथ वेलालगेले १ विकेट लिए ।

श्रीलंका यसअघि इंग्ल्यान्डसँग पराजित भएको थियो । आजको हारपछि श्रीलंका बाहिरिने पक्का भएको हो । लगातार दुई हारपछि ग्रुप टु मा श्रीलंका अंकविहिन छ । सन् २०१४ मा टी-२० विश्वकप जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन ।