काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम । होलीको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद जनकपुरधामले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनबाट यस वर्ष मधेस प्रदेशसभाका सभामुख राम अशिष यादवलाई महामूर्खको उपाधि प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र सफाइ अभियानी हुँदै मधेस प्रदेशका सभामुख बनेका यादव मैथिली भाषा र संस्कृतिको विकासमा योगदान पुर्‍याएबापत महामूर्ख २०८२ बाट सम्मानित भएका हुन्।

आकर्षण ब्यङ्गात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मान पत्र र मायाको चिनोसहित सभामुख यादवलाई सो सम्मान प्रदान गरिएको छ । त्यसैगरि सोहि समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुरर्याए वापत प्रदान गरिने अन्य १५ मान समेत विरण गरिएको छ ।

शिक्षा क्षेत्रमा योगदान पुर्याएवापत राकेश कर्णलाई वैशाखानन्दन,समाजसेवि विभा झालाई तिलविखन्नी,अधिवक्ता विपनकुमार झालाई लबरसटका,पत्रकार एवं साहित्यकार हिमांशु चौधरीलाई जीहजुरिया,कवि दिगम्बर झा दीनमणिलाई पोगांपण्डित,निजि विद्यालयका संचालक विश्वलाल सिंहलाई पटमूर्ख,जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी अन्जु पाण्डेलाई मनतोरिया,चिकित्सक डा.विजय राउतलाई विषखोपडा,व्यापारी प्रदीप चौधरीलाई तरघुस्का,खेलाडि पवन कर्णलाई ब्रजकिट,व्यवासायाी पवन ठाकुरलाई डपोरशंख,तबलाबादक विपिन पाठकलाई डपोरशंख,मिथिला चित्रकलाकी कलाकार राजकुमारी मण्डल तरघुस्सकी,राजनितिकर्मी लव अधिकारी लोराशंकर,पत्रकार दिपक कर्ण लम्बोदर सम्मानबाट सम्मानित गरिएको छ ।

स्थानिय जानकी मन्दिरमा आयोजना गरिएको सो कार्यक्रममा होलीको विभिन्न किमिसको गित,कविता वाचलन सहित समाजमा देखा परेको विभिन्न खालको विकृतिमाथि व्यांग गरिएको थियो । सबै मूर्ख उपाधि पाउनेलाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगाएर सम्मान गरिएको थियो । मिथिला नाटक कला परिषदले हिजो मिथिलामा हराउदै गएको डम्फा गायन प्रतियोगिताको आयोजना गरेको थियो ।