दुबई। अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणको प्रतिशोध भन्दै इरानले आफ्नो छिमेकी खाडी राष्ट्रहरूलाई निशाना बनाउँदै मिसाइल र ड्रोन आक्रमणहरू जारी राखेपछि सो क्षेत्रको तेल उद्योग, अन्तर्राष्ट्रिय उड्डयन र समग्र अर्थतन्त्रमा व्यापक प्रभाव पारिरहेको छ।
इरानले संयुक्त अरब इमिरेट्स ९यूएई०, कुवेत, कतार, बहराइन र अन्य क्षेत्रमा मिसाइल तथा ड्रोन हमला जारी गरेको छ। केही मिसाइलका अवशेषहरू खस्दा यूएईको जायद अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्।
इरानको मिसाइल र ड्रोन आक्रमणका कारण खाडीका प्रमुख शहरहरू(अबुधावी, दुबई, दोहा लगायतका क्षेत्रमा विस्फोटका आवाज र धुँवा फैलिरहेको छ। स्थानीय सुरक्षा अधिकारीहरूले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न चेतावनी दिएका छन् भने सबै नागरिक उड्डयन मार्गहरू बन्द गरिएको छ।
विशेषज्ञहरूका अनुसार, यस किसिमका मिसाइल र ड्रोन आक्रमणले तेल व्यवसाय र उड्डयन क्षेत्रमा ठूलो असर पारिरहेको छ। विश्वका व्यस्त उड्डयन हबहरूमा उडान अवरोध भइरहेका छन् जसले वायु सेवामा प्रभाव पारेको छ। यसैबीच, हर्मुज स्ट्रेट जस्तो प्रमुख समुद्री तेल ढुवानी मार्गमा समेत तनाव बढेकाले तेल आपूर्तिमा अवरोध र मुल्य वृद्धि जस्ता आर्थिक असरहरू देखिन थालेका छन्।