काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। रामेछाप २‚ सिरुबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ। सशस्त्र प्रहरीका सह-प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार गाडीमा यात्रारत सातजना घाइते भएका छन्। गाडीमा ११ जना चढेका थिए। तीमध्ये तीनजनाले गाडीबाट हाम फालेका थिए।

मन्थलीबाट मतदान केन्द्र कालिका देवी मावि र देउराली माविको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना.७ख ६७६८ नम्बरको गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेशबहादुर थापाको कमान्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो।

उद्धारपछि घाइतेलाई उपचारका लागि मन्थली अस्पतालतर्फ पठाइएको डीएसपी थापाले जानकारी दिए।


१८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। रामेछापमा मतपेटिकालगायत निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका २‚ सिरुबारी भन्ने ठाउँमा ना.७ख ६७६८ नम्बरको जिप दुर्घटना हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको हो।

जिपमा निर्वाचनमा खटिएका १०/११ जना कर्मचारीदेखि सुरक्षाकर्मी थिए।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।