काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
अ+
अ-

दोहा। साइप्रसस्थित बेलायतको शाही वायुसेनाको अकिरोटिरी सैन्य अड्डामा शंकास्पद इरानी ड्रोन आक्रमण भएको छ। उक्त आक्रमणबाट सीमित क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ।

आक्रमणपछि अकिरोटिरी आसपासका बासिन्दालाई लक्षित गर्दै बेलायती सैन्य प्रशासनले सुरक्षा सतर्कता सूचना जारी गरेको छ। सूचनामा ‘शंकास्पद ड्रोन ठोक्किएको घटनापछि अर्को सूचना नआएसम्म सुरक्षित स्थानमै बस्न’ आग्रह गरिएको छ।

पूर्वी भूमध्यसागरमा अवस्थित युरोपेली सङ्घको सदस्य राष्ट्र साइप्रसमा बेलायतका दुई सैन्य अड्डा छन्। ती दुबैमाथि बेलायतको पूर्ण सार्वभौमिकता कायम छ। साइप्रसको दक्षिणी किनारामा अवस्थित अक्रोतिरी सैन्य अड्डामाथि यसअघि सन् १९८० को दशकको मध्यतिर लिबियाली सशस्त्र समूहले आक्रमण गरेको थियो।