काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री कार्कीले बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको कार्कीको सचिवालयले जनाएको छ।
बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।