काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही ३ का उम्मेदवार नरेन्द्र साह कलवार पनि कालोसूचीमा परेका छन्। उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका हुन्।

कालोसूचीमा परेको भन्दै धनुषा १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको अवस्थामा कलवार पनि सोही सूचीमा रहेको पाइएको हो।

कर्जा सूचना केन्द्रको विवरणअनुसार कलवारलाई पछिल्लोपटक ५ मंसिर २०८१ मा केन्द्रले कालोसूचीमा राखेको थियो। जुन अहिलेसम्म कायमै रहेको देखिन्छ।

निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप लागेको छ।

यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरमा पराजित भएका थिए। अहिले उनले रास्वपाबाट उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगले उनको उम्मेदवारीबारे कुनै निर्णय भने गरेको छैन।

कालोसूचीमा उनको नाम अद्यावधिक कायम छ। उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीको ८९६३५ नम्बरमा छ।

यो पनि…

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज