बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन्।
आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट विहान ७ बजेर ५ मिनेट मा पौडेलले मतदान गरे।
पौडेल यहीँ क्षेत्रबाट लगातार चार पटक चुनाव जित्ने नेता हुन। पाँचौ जितको खोजीमा रहेका पौडेलसँग प्रतिष्पर्धामा नेपाली कांग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल, नेपाली कम्यनिष्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे पनि उम्मेदवार छन।
यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार मतदाता रहेका छन।