काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई लिएर झापाका लागि उडेको हेलिकोप्टर केही समयमै काठमाडौँ फर्काइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर ११ मिनेटमा उडेको हेलिकोप्टर बिहान १० बजेर ९ मिनेटमा पुनः काठमाडौँमै अवतरण गरेको हो ।
अप्रेसनल रिक्वायरमेन्टका कारण उक्त हेलिकोप्टर पुनः काठमाडौँ फर्काइएको विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालले जानकारी दिए ।
बालेनले आज बिहान काठमाडौँको सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । उनी काठमाडौँ २ का मतदाता हुन् । मतदान गरेपछि आफू उम्मेदवार रहेको क्षेत्र झापा ५ तर्फ प्रस्थान गर्न हेलिकोप्टरमार्फत उडेका थिए ।