काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२१ फाल्गुन २०८२
अ+
अ-

सिमकोट। हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भइरहेका छन्।

बिहान ७ः०० बजेदेखि अहिलेसम्म हुम्लाका ६३ वटा मतदान केन्द्रबाट चार हजार ५८० मत खसेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिए। उनले अहिले जिल्लाभर मतदान जारी रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए।

जिल्लामा सुरक्षा व्यवस्थासमेत सुदृढ रहेको जनाइएको छ। निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रबाट ३०० मिटरभित्र मादकपदार्थ बिक्रीवितरण गर्न निषेध गरिएको छ भने पाँच सय मिटरभित्र प्रचारप्रसार सामग्री टाँस्न रोक लगाइएको छ।

मतदाता परिचयपत्र हराएको अवस्थामा फोटोसहितको अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

साथै अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आवश्यक परे एकाघरका सदस्य वा इच्छाएको व्यक्तिको सहयोगमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन अधिकृत बरालले बताए।