सुर्खेत। कर्णाली प्रदेशमा ५२.५ प्रतिशत मत खसेको छ। बिहिबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा अन्तिम समयसम्म ५२.५ प्रतिशत मतदान भएको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालयका अधिकृत लालबहादुर गुरुङका अनुसार कर्णाली प्रदेशमा ५ लाख ४९ हजार ८०९ मत खसेको हो । जसमध्ये १ लाख २ लाख ९८ हजार २०८ महिला र २ लाख ५१ हजार ५९९ जना पुरुष मतदाताले मतदान गरेका छन्। यस्तै अन्य समूहका २ जनाले मतदान गरेका छन्।
१२ प्रतिनिधि सभा क्षेत्र रहेको कर्णाली प्रदेशका १० जिल्लामा १० लाख ४८ हजार १३८ जना कुल मतदाता रहेका छन्।
निर्वाचन आयोग कर्णाली प्रदेश कार्यालयका अनुसार सुर्खेतमा १ लाख ३६ हजार ८५६ जनाले मतदान गरेका छन्।
दैलेखमा ७५ हजार १७३ जनाले मतदान गरेका छन्। कर्णालीमा दुई वटा निर्वाचन क्षेत्र भएका यी दुई मात्र जिल्ला हुन्। बाँकी जिल्लामा एक÷एक वटा निर्वाचन क्षेत्र छन्।
निर्वाचन कार्यालयका अनुसार जाजरकोटमा ६० हजार ८९७, सल्यानमा ७३ हजार १०४, रुकुम पश्चिममा ६२ हजार ४६५, कालीकोटमा ४१ हजार ३५०, जुम्लामा ४० हजार ५९८, मुगुमा २१ हजार ५६२, डोल्पामा १५ हजार ७८७ र हुम्लामा २२ हजार ४७ जनाले मतदान गरेका छन्।